सौरभको असहमति–४ सार्वजनिक

Sep 09, 2024

सौरभको असहमति–४ सार्वजनिक

लेखक, चिन्तक एवं राजनीतिक विश्लेषक सौरभको असहमति शृङ्खलाको चौथो पुस्तक असहमति–४ सार्वजनिक भएको छ । 

हजारौँ वर्षदेखि आजसम्म पनि आत्मसात् गर्न नसकिएका हाम्रा इतिहास, भूगोल, भाषा, धर्म, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रतिका सौरभका असहमति रहेका विषयमा लेखिएका ३० वटा लेखहरुको सङ्ग्रह रहेको यो पुस्तक बुकहिलले प्रेस विज्ञप्तिमार्फत सार्वजनिक भएको जानकारी गराएको हो ।
पुस्तकबारे सौरभ भन्छन्, “उत्तर उज्यालो र दक्षिण उज्यालो भन्ने गरेको छु । यद्यपि सूर्य पूर्वमा उदाएर पश्चिममा अस्त हुन्छ । र यहाँ लेखिएका उत्तर एवं दक्षिणजस्ता शब्दहरू राजनीतिक अर्थका पनि होइनन् । ती दुई दिशाका उज्यालोलाई हजारौँ वर्षदेखि आजसम्म पनि आत्मसात् गर्न सकिएको रहेनछ भन्ने ग्लानिबोध हुने गरेको छ— असहमतिका खण्डहरू लेख्दा । मैले मेरो जीवन भोगाइमा आत्मसात् गर्न नसकेका विविध विषयका विचारोत्तेजक लेखहरु यस पुस्तकमा समावेश गरेको छु । अघिल्ला शृङ्खलाहरुभन्दा केही पृथक्ता यसमा छ ।”
विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक–राजनीतिक डिस्कोर्सप्रति विमतिसमेत जनाएका छन् ।


दुई सय छ्यहत्तर पृष्ठको पुस्तकको बजार मूल्य ७ सय रुपैयाँ रहेको छ ।