Nepathya performs at the Iconic Warfield theatre in San Francisco
सानफ्रान्सिस्को, असोज १७
यो थिएटरको निर्माण सन् १९२० ताका गरिएको थियो । त्यो मुक सिनेमाको जमाना थियो र आवाज नआउने त्यस्ता फिल्महरु देखाउनका निम्ति यसलाई तयार पारिएको थियो । पछि त्यसै हललाई कला प्रस्तुतीको मञ्चका रुपमा विकास गरियो । चार्ली च्याप्लीनदेखि रविन विलियम्ससम्म थुप्रै विख्यात कलाकारहरुले यस मञ्चमा आफूलाई प्रस्तुत गरे । त्यसैगरि कार्लोस सान्ताना, विल्ली आइडल, डेभिड बवीदेखि लिएर ‘गन्स एण्ड रोजेज्’ सम्मका एक से एक विश्वप्रसिद्ध नामहरुले यो मञ्चबाटै क्यालिफोर्नियाका दर्शकहरुको साँगीतिक तृष्णा मेट्दै आए । यस्ता अनेक हस्तीहरुको उपस्थितीले परिपक्व पहिचानमा उभिँदै आएको सहरकै यो पुरानो प्रेक्षालय आफैँमा संगीतप्रेमीहरुको ‘तीर्थस्थल’बन्दै आएको छ । त्यही ओजपूर्ण मञ्चमा नेपथ्यले अक्टोबर १ तारिखका दिन आफूलाई प्रस्तुत गर्दा यहाँ बसोबास गर्दैआएका नेपाली र ‘वे एरिया’का अन्य वासिन्दाका निम्ति फेरि एउटा अविष्मरणीय साँझ बन्न सफल भएको छ । स्थानका महत्वको हिसाबले स्वयं नेपाली संगीतकै निम्ति यो एउटा ‘माइलस्टोन’ पनि बन्न पुगेको थियो ।
‘संगीत र थिएटरका विश्वमै अग्ला हस्तीहरु उभिएको यसै मञ्चमा मैले पनि टेक्ने अवसर पाउँदा अनुगृहित महशुस गरिरहेको छु,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङले भने, ‘म यो महत्वलाई नेपथ्यका श्रोतादर्शक र सिंगो नेपाली साँगीतिक क्षेत्रप्रति समर्पित गर्दै आफुलाई प्रस्तुत गर्न गइरहेको छु ।’ गुरुङले यस किसिमको आयोजना र दर्शक सहभागीताका निम्ति सबैलाई धन्यवाद पनि दिएका थिए । कार्यक्रम थाल्नुअघि उनले सबैमा बडादशैंको शुभकामना प्रकट गरे । ‘तपाइँहरु आ–आफ्ना जे उद्देश्य लिएर आउनुभएको छ त्यस उद्देश्यमा सफल हुनुहोस्,’ उनले थपे, ‘पुरा नभएका सपनाहरु छन् भने पनि माता दुर्गाले मार्ग प्रशस्त गरिदिउन् ।’
गुरुङले यति भनिसक्नेबित्तिकै हलमा हिउँ पर्न थाल्यो । हिउँको वर्षासँगै चिरपरिचित धुन गुञ्जिएपछि दर्शक उत्तेजित भएका थिए । ‘भेँडाको ऊनजस्तो, भेँडाको ऊनजस्तो…’ मञ्चमा रहेका अमृत र मञ्चबाहिर रहेका दर्शकले एक स्वरमा यो गीत गाउन सुरुगरेका थिए ।
दशैं सुरुभइसकेको क्षण यति पर दर्शकसामु उपस्थित भइरहेका अमृत यस गीतको लगत्तै केहि समय मौन बसे र फेरि बोल्न थाले ।‘तपाईहरुकै मायाले डो¥याएर ल्याएको हो नत्र म यतिबेला मेरो घर, मेरी आमा र मेरो देसको साथमा हुने थिएँ,’ उनी भनिरहेका थिए, ‘तपाईहरु पनि जतासुकै पुगेपनि आफ्नो जरो, आफ्नो थातथलो र देसलाई कहिल्यै नबिर्सिदिनु होला ।’
वे एरियामा बस्दै आएका वासिन्दाहरुको निम्ति नेपथ्य कन्सर्ट आफैमा दशैंको अवसर पारेर भेटघाटको मौका पनि बनेको थियो । सानफ्रान्सिस्कोभन्दा पर परदेखि लामो यात्रा गरेर आएकाहरुको पनि त्यहाँ उल्लेख्य उपस्थिती थियो। त्यसैमध्येकी थिइन्, सेक्रिमेन्टोदेखि दुइ घन्टा यात्रागरेर आइपुगेकी रोज श्रेष्ठ ।
‘यो मेरो पहिलो नेपाली कन्सर्ट थियो,’ रोजले भनिन्, ‘मैले आजसम्म हेरेका थुप्रै कन्सर्टहरु मध्ये सर्वाधिक प्रिय बनेको तीनवटामा आजको नेपथ्य कन्सर्ट पनि अटाउँछ ।’
यति महत्वपूर्ण स्थानमा लगातार दुई घन्टासम्म दर्शकलाई एकतमासले बाँध्न अमृत र उनको नेपथ्य ब्याण्ड सफल भएको उनी बताइरहेकी थिइन् ।
रोजको मात्र के कुरा ? त्यहाँ त अझ लामो यात्रा अर्थात् १० घन्टा सान डिएगोदेखि कार चलाएर आएका गोपाल र मनिता योगीको जोडि पनि उपस्थित थियो ।
‘कार्यक्रम हेर्ने सहि अठोट लिएकोमा अहिले खुशी लागिरहेको छ,’ मनिता भनिरहेकी थिइन्, ‘हामी नेपालीहरुलाई संगीतका माध्यमले यस्तरी एकताको सुत्रमा बाँधिदिन्छ कि नेपथ्य ब्याण्डलाई एकपटक मात्र सुनेर धितै मर्दैन ।’
कतिपय दर्शक परिवार लिएर आएका थिए भने कतिपय साथीभाइसँगको हुलै बाँधेर कार्यक्रमस्थलमा उपस्थित थिए । परिवारै लिएर आउनेमध्येका एक सुरेश ओझा पनि थिए ।
अमेरिकामा बसोबास गर्दैआएको दोश्रो पुस्ता र सिलिकन भ्यालीमा इन्जिनियर रहेका सुरेशले आफ्नो सम्पूर्ण परिवारलाई नेपथ्य कन्सर्टमा सहभागी गराएका थिए ।
‘नेपालीहरुमाझ एकताको आव्हान गर्ने गजब प्रस्तुती देख्न पायौं,’ सुरेश भनिरहेका थिए, ‘अमेरिकामा जन्मे–हुर्केका केटाकेटीको निम्ति उनीहरुको मुलुकसँग सुलभ ढंगले जोडिदिने संभवतः यो पहिलो व्यवस्थित कन्सर्ट थियो ।’
सुरेशले यति भन्दाभन्दै उनका १० वर्षे छोरा सुजय ओझाले पनि आफ्नो तर्फबाट केहि थप्न खोजे । ‘अमृत अंकलले मनैबाट गाउनुभएको थियो,’ उनी भनिरहेका थिए, ‘हल भित्र साथमा गाउँदै र नाच्दै गर्दा को को नचिनिएका मानिस पनि आफ्नै परिवारको जस्तो लागिरहेको थियो।’
तीनवटा फरक नेपाली पुस्ता एउटै हलभित्र अटाएर एक साथ गीत गाउँदै र नृत्य गर्दै रमाइरहेको दुर्लभ दृश्यले पनि कार्यक्रमलाई ‘विशेष’बनाएको सहभागीहरु बताइरहेका थिए । यसरी कार्यक्रमभरि रमाएका उनीहरु कन्सर्ट सकिएपछि हलबाट बाहिरिँदा पनि समूह समूहमा नेपथ्यका गीतहरु चर्को स्वरमा गाइरहेका देखिन्थे ।
नेपथ्यले कार्यक्रममा आफ्ना सर्वकालीक हिट गीतहरुका साथै पछिल्लो समय तयार पारिएका ‘रामा रामा’, ‘कोशीको पानी’ र ‘हामी नेपाली’सुनाएको थियो । पुरै दुइघन्टासम्म दर्शकलाई बाँधेर राखेका अमृतले बीच बीचमा नेपालमा अहिले भइरहेका गतिविधिबाट आफूलाई पर नराख्न दर्शकलाई अनुरोध पनि गरेका थिए । एक सातादेखि फेरि अनशनमा बसेका डा. गोविन्द केसीको लडाईमा संसारभरि छरिएका नेपालीको साथ आवश्यक रहेको उनले औंल्याए ।
‘यो कन्सर्ट सफल पार्नु म र मेरो टिमको निम्ति सपना र चूनौति दुवै थियो,’ आयोजक मध्येका राजकुमार गुरुङले भने, ‘यो साँझलाई अविष्मरणीय बनाउनेगरि सहभागीता जनाइदिनुभएका बे एरियाका सम्पूर्ण श्रोता दर्शकलाई धन्यवाद दिन चाहन्छु ।’
सानफ्रान्सिस्कोको प्रस्तुतीसँगै नेपथ्य अब घर फर्किँदैछ । ‘मेरा साथीहरु छिट्टै घर पुगेर परिवारको साथ दशैं मनाउन आतुर छन्,’ अमृतले भने ।
—————————————
थप जानकारीका लागि
अर्पण शर्मा
नेपालय
arpan@nepalaya.com.np
Contact: +977 9851026266
For regular update on Nepathya:
Facebook: facebook.com/nepathyaofficial
Twitter: @nepathya_band
You tube: Nepathya Official
3rd October 2016
The theater was constructed during the 1920s. It was initially build as a silent film theater and later converted to a performance theater. From Charlie Chaplin to Robin Williams many artists have performed on this stage. And from Carlos Santa, Billy Idol, David Bowie to Guns ‘n’ Roses many musical icons have performed here. All this and more, make Warfield Theater, an iconic venue for a performer. This was the stage where Nepal’s Nepathya performed on the 1st of October and the Nepali diasporas along with the Bay Area residents witnessed yet another mile stone in Nepali music.
“I am humbled to be standing on this iconic stage where musical and theater icons have stood. I am here standing on the stage and performing for you. Thank you all for coming and thank you to people who made this happen.” Said Amrit Gurung. He then greeted everyone for a wonderful Dashain. “May this Dashain bring prosperity to you. May god pave way to all your unfulfilled dreams. Those who are having problems completing their studies, may you get over it soon.” he added.
When suddenly it started snowing in the hall, the hall went frenzy and sang along with the band – Bhedako Oon jasto…. . Amrit then paused for a while and said, “your love has touched me. I am missing home, my mother and my motherland.” People in the hall went somber. “Where ever you may be, don’t forget your country and your roots. Keep her in your thoughts” he added.
The Warfield gathering turned out to be a Dashain reunion for the Bay Area residents. They travelled long distance to be there. Among them was Rose Shrestha a resident of Sacramento. She drove two hours for the show. “I have seen few concerts in my life so far and this is up there in the top 3 . My first Nepali concert ever. I think it was a fantastic show. The venue was awesome. It was a nonstop 2 hours performance. Amrit Gurung and the band pulled off till the end.” She said.
Gopal and Manita Yogi drove 10 hours from San Diego. “We had been to Nepathya’s concert in Los Angeles few months back. It seems we have been hooked to their music. They somehow pulled us all the way here up to San Francisco. Can’t believe we decided to come, but the show was worth the 10 hours drive. We are glad we decided to come” they said. “Such a symbol of unity amidst us Nepalese. With nepathya once is never enough”. Manita Added.
People came in groups and in families. One such family was Suresh Ojha’s. Ojha a second generation Nepali-American and a Silicon Valley engineer came with his entire family. “It was a spectacular display of unity. For children born and raised in the US, it was probably the first proper Nepali concert of their lives. This event united three generations of Nepalis in song and dance for two hours. Random strangers from all of Nepal’s communities walked away from the concert hall singing together and wishing each other, Happy Dashain. “As Suresh said this, his ten year old son Sujay Ojha added “Amrit uncle was singing from his heart. Everyone was so happy, they didn’t care if they were strangers, they treated everyone like family.”
As the show proceeded with the mix of nepathya’s hit numbers and three new numbers of Nepathya – Rama Rama, Koshiko Pani and Hami pani Nepali, the audience remained captivated. Nepathya frontman Amrit did not leave the opportunity to appeal to the Nepali diasporas to stay tuned to the happenings back home. He also appealed all to support Dr. KC’s fight for integrity.
“Doing this show was a dream and challenge for me and my team. I am thankful for the people of Bay Area for coming to make this night a memorable one.” Said Raj Kumar Gurung of the organizing team.
As the show ended at 10:30, the hall management were eager to pack up soon, as they would soon be preparing for the next day, when an acclaimed band form Texas, ZZ Top were scheduled to perform.
Nepathya now heads back home. “The boys look forward to be back home with the family for Dashian.” Said Amrit.
—————————————
For more info
Arpan Sharma
nepalaya
arpan@nepalaya.com.np
Contact: +977 9851026266
For regular update on Nepathya:
Facebook: facebook.com/nepathyaofficial
Twitter: @nepathya_band