नेपथ्य सउल, न्यूयोर्क र सानफ्रान्सिस्कोतर्फ
काठमाडौं, भदौ २३
वर्षात् अर्थात् रोपाईको अन्त्यसँगै हामी चाडवाडको मुखमा आइपुगेका छौं । यस्तो बेलामा साँस्कृतिक आनन्दमा डुब्न खोज्ने नेपाली मनहरुको निम्तो पछ्याउँदै परिचित लोकरक समूह नेपथ्यले फेरि प्रवासतर्फको यात्रा घोषणा गरेको छ ।
यो सेप्टेम्बर महिना टोलीले विश्वकै तीनवटा प्रमुख सहरहरुमा नेपालीपनको ध्वनी घन्काउने छ । यात्राको सुरुवात हुनेछ दक्षिण कोरियाबाट ।
राजधानी सउलस्थित प्रख्यात ‘कोरियन ब्रोडकास्टिङ सिस्टम एरेना’ (केबिएस) मा ब्याण्डको पहिलो प्रस्तुती हुनेछ । कुनै समय ‘केबिएस स्पोर्ट्स् वल्र्ड’ अन्तर्गत ‘स्पोर्ट्र्स हल १’ भनेर चिनिने यो मञ्च यतिबेला अन्तर्राष्ट्रिय स्तरको कन्सर्ट थलोका रुपमा विकास गरिएको छ । एकसाथ ३ हजार दर्शकलाई समेटेर अत्याधुनिक सुविधासहितको साँगीतिक आनन्द दिन सकिने यो हलमा प्रकाश व्यवस्थाका निम्ति ‘स्टेट अफ दि आर्ट हाइटेक लाइटिङ’ र त्यही स्तरको ‘साउण्ड सिस्टम’जडित छ ।
यो कार्यक्रमलाई त्यहाँस्थित ‘तामाङ समाज’ले प्रस्तुत गर्नलागेको हो । कोरिया आफैँ पनि उसको महत्वपूर्ण चाड ‘चुसक’मा डुबेको बेला त्यसैलाई अवसर पारेर यसको आयोजना गरिएको हो । तीन दिनसम्म सार्वजनिक उत्सवका रुपमा मनाइने यो पर्व वाली भित्र्याउने समय सँग जोडिएको छ । रैथानेहरुले यो क्षणलाई परिवार र आफन्तसँग आनन्द लिने अवसरका रुपमा मनाउँछन् भने रोजगारी वा अध्ययनका निम्ति उता पुगेका आप्रवासीहरुको निम्ति यो साथीभाइसँग भेटघाट र रमाइलो गर्ने क्षण बन्न पुग्छ । सेप्टेम्बर १५ तारिख, बिहीबारको दिन दक्षिण कोरियामा रहेका नेपाली आप्रवासीले यस्तै रमाइलो मनाइरहेको बेला त्यो अवसरलाई अझ स्मरणीय बनाउने प्रयास नेपथ्यले गर्नेछ ।
दक्षिण कोरियाको मञ्चमा यो चौथोपटक नेपथ्य उभिन लागेको हो ।
‘सउलका दर्शकहरुमाझ हामी पहिलोपटक सन् २००५मा प्रस्तुत भएका थियौं । त्यो पहिलो कार्यक्रम विश्वविद्यालयको अडिटोरियममा आयोजना गरिएको थियो,’ नेपथ्यलाई व्यवस्थापन गर्दैआएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘चौथोपटकसम्म आइपुग्दा हामी प्रख्यात केबिएस एरेनामा उक्लन सफल भएका छौं । नेपाली साँगीतिक प्रस्तुतीको स्तरलाई यसरी उकाल्दै लैजान सकेकामा हामी गर्व महशुस गर्छौं ।’
‘हाम्रो संगीतकर्मले देसभित्र र बाहिर पनि सबै उमेर, लिङ्ग, जात र वर्गका मानिसलाई एउटै सुत्रमा बाँधेर एकताबद्ध पारिदिने गरेको प्रतिक्रियाहरु पाउँदा मलाइ जहिल्यै खुशी महशुस हुन्छ,’ नेपथ्यका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘हामी गीतका माध्यमबाट सबैलाई बाँध्ने कोशिस गर्छौं र यसरी प्राप्त हुने एकताको बलले नै हामीलाई शक्तिशाली बनाउँछ भन्ने मलाइ लाग्छ ।’
दक्षिण कोरियाको कार्यक्रम सकिनेबित्तिकै नेपथ्य थोरै क्षणका निम्ति स्वदेश फिर्नेछ । केहि दिनको बसाइलगत्तै टोली फेरि अमेरिकाका दुईवटा सहरमा आफूलाई उभ्याउनका निम्ति त्यसतर्फ जानेछ ।
अमेरिकाको पहिलो कार्यक्रम २४ सेप्टेम्बरका दिन न्यूयोर्कमा आयोजना हुनेछ । त्यसदिन नेपथ्यले म्यानहटनको त्यही प्रसिद्ध ह्यामस्र्टेन बलरुममा आफूलाई उभ्याउनेछ जहाँ गएको वर्ष टोलीले अमेरिकाको यो ब्यस्त सहरका वासिन्दालाई दुइ घन्टासम्मै नचाएको थियो ।
त्यहाँस्थित ‘वल्र्ड फेसन परेड’ले कलाका माध्यमबाट विश्वशान्तिको भावना विकास गर्न आयोजना गरिरहेको ‘फेसन विक’ कै मुख्य प्रस्तुतीका रुपमा नेपथ्यको यो कन्सर्ट आयोजना हुन लागेको हो । नेपथ्यले त्यस साँझको प्रस्तुतीमा ‘शान्तिको लागि संगीत’ भावनालाई केन्द्रमा राख्दैछ ।
‘२०१५ मा हामीले यसै म्यानहटन सेन्टरमा नेपथ्यलाई उभ्याइसकेका छौं । र, यति महत्वपूर्ण हलमा फेरि प्रस्तुत गर्नपाउनु पक्कै पनि गर्वको कुरा हो,’ किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘विश्वकै अन्य ख्यातिप्राप्त कलाकारहरुले आफुलाई प्रस्तुत गरिसकेको यो हलसँग असाध्यै उच्च स्तरको प्राविधिक टीम छ । न्यूयोर्कका दर्शकहरुले फेरि नेपथ्यलाई उत्तिकै आनन्दपूर्वक सुन्न र देख्न पाउन् भन्ने हिसाबले हामी तयारी अगाडि बढाइरहेका छौं ।’
अमेरिकाको पूर्वी कुनामा रहेको विश्वकै ब्यस्त सहर न्यूयोर्कपछि नेपथ्य एकैपटक पश्चिमी कुनामा रहेको विश्वकै सुन्दर सहर सानफ्रान्सिस्कोतर्फ यात्रा गर्नेछ । अक्टोबर महिनाको पहिलो दिन त्यस सहरकै महत्वपूर्ण हल ‘वारफिल्ड थिएटर’ मा ब्याण्ड प्रस्तुत हुनेछ । संयोगले त्यो नेपालीहरुको महान चाड दशैेंको पहिलो दिन घटस्थापना समेत परेको छ ।
‘दक्षिणकोरियादेखि सानफ्रान्सिस्कोसम्म छरिएका दर्शकहरुसम्म नेपथ्य फेरि एकपटक उभिन र सुखदुःख बाँड्न पाएकोमा म धन्य भएको छु,’ मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यी सबै सहरहरुमा नेपथ्य र नेपालीपनका भाकाहरुलाई मनपराउने सबै शुभचिन्तकहरुलाई म एकपटक फेरि हलमा देख्न चाहन्छु ।’
सानफ्रान्सिस्कोको प्रस्तुतीपछि ब्याण्ड परिवारका साथ दशैं मनाउन स्वदेश फिर्नेछ । त्यसपछिको समय भने नेपथ्यको दसौं अल्बमका थप गीतहरु सार्वजनिक गर्ने तयारीमा टोली ब्यस्त हुनेछ ।
For details on New York Concert - http://www.ticketmaster.com/ne
For details on San Francisco Concert – http://www.thewarfieldtheatre.
——————————————-
थप जानकारीका लागि
नेपालय
For regular update on Nepathya:
Facebook: facebook.com/nepathyaofficial
Twitter: @nepathya_band
8th September 2016, Kathmandu
Nepal’s premier folk rock band is set to tour three cities this September – Seoul, New York and San Francisco.
Come September 15th, Nepal’s premier folk rock band, Nepathya will perform at the renowned Korean Broadcasting System Arena in Seoul. Formerly known as the Sports Hall 1 in the KBS Sports world, it was recently refurbished into an international class event hall with a capacity to hold upto 3000 people. It is also equipped with state of the art high tech lighting and sound system.
The show is being hosted by Tamang Samaj on the occasion of Korea’s Chuseok Festival. Chuseok is a major harvest festival celebrated with three days of public holiday, when people visit their ancestral hometown. For immigrant communities, this becomes an opportunity to get together with friends. Nepathya is to perform for the Nepalese immigrant community residing in Korea on Thursday, the 15thof September. The show is being organized by Nepal Tamang Association, South Korea.
This is to be Nepathya’s 4th appearance in the South Korean capital Seoul. “We came here for the first time in 2005. We performed at the university auditorium then and now we are performing at the prestigious KBS Arena. We are glad to be raising the bar of Nepali shows.” Said Kiran Krishna Shrestha of nepa~laya, the promoters of Nepathya.
“I am thankful that our music has been credited to unite people of all age, gender, creed and tribe within the Nepali community in Nepal and beyond, “ said Nepathya front man Amrit Gurung. “Through our music and shows, our effort remains to motivate people to remain united in Nepal and abroad. United we remain strong.”
After the Korea show, the band will come back home and leave immediately for their two city tour of the US. On 24th of September, the band will perform at the Hammerstein Ballroom of the Manhattan Center in New York. The New York show being organized by World Fashion Parade is to be the flagship event of the fashion week to promote world peace through arts.
The theme of the show will be Music for Peace.
“We had staged Nepathya at the Manhattan Center in 2015, and we are glad to be repeating this prestigious venue.” Said Kiran Shrestha. “The technical team at the venue was great and we look forward in putting up a great show for our New York audience.” He added.
The band will then travel to San Francisco for their last leg of the tour. Nepathya will perform at the prestigious Warfield Theater in San Francisco on 1st of October. The day also coincides with the first day of Dashain – Ghatasthapana.
“We are excited for this tour to meet our audience from South Korea to San Francisco.” Said Amrit Gurung. “ We look forward to having a good time with our friends and well wishers in all these places on the eve of Dashain.”
The band is scheduled to return home for Dashian and then work on releasing further songs from their 10th album.
For details on New York Concert - http://www.ticketmaster.com/ne
For details on San Francisco Concert – http://www.thewarfieldtheatre.
—————————————————–
For more info
Arpan Sharma
nepalaya
Contact: +977 9851026266
For regular update on Nepathya:
Facebook: facebook.com/nepathyaofficial
Twitter: @nepathya_band