‘नेपथ्य’ कन्सर्टका निम्ति प्राविधिक टोली पोखरामा

‘नेपथ्य’ कन्सर्टका निम्ति प्राविधिक टोली पोखरामा

शनिबार आयोजना हुने ‘नेपथ्य’को खुला कन्सर्ट तयारीका निम्ति स्टेज प्राविधिक टोली मंगलबार पोखरा आइपुगेको छ । हिलो चरणमा स्टेज तयार पार्ने समूहसँगै क्रमशः अन्य प्राविधिक टोली पनिआउने क्रम सुरुभएको जानकारी आयोजक नेपालयले दिएको छ ।

‘स्टेज निर्माणका साथै कार्यक्रम स्थल व्यवस्थापनको काम पनि सुरु हुनेछ,’ नेपालयका टोली प्रमुख किरणकृष्ण श्रेष्ठले भने, ‘तीन दिन भित्रमा स्टेज तयार भइसक्नेछ ।’

स्टेजको निर्माणसँगै कार्यक्रमस्थलको दुई भागमा ठूलो पर्दा लगाएर कन्सर्टको प्रत्यक्ष प्रशारणको व्यवस्था पनि गरिने भएको छ । त्यसले विशेष गरेर पछाडि बस्ने दर्शकहरुलाई स्टेजका गतिविधिनजिकबाट नियाल्न सघाउ पुग्नेछ ।

पहिलो चरणमा आइपुगेको प्राविधिक टोलीकै साथमा आफु लगायत नेपालयको व्यवस्थापन समूह पनि पोखरा आइपुगेको जानकारी श्रेष्ठले दिए ।

उनका अनुसार दर्शक अवलोकन स्थललाई टिकटको मूल्य बमोजिम चार भागमा विभाजन गरिनेछ । हरेकका निम्ति फरक फरक प्रवेशद्वारको बन्दोवस्त गरिएको छ । १९ सय ९९ रुपियाँ पर्ने टिकटकानिम्ति बस्ने कुर्सीको व्यवस्था गरिएको छ भने बाँकीका दर्शकले उभिएरै कन्सर्टको आनन्द लिनसक्ने छन् ।

यसबाहेक सुरक्षाका दृष्टिकोणले तयारीका काम पनि सुरुहुने भएको छ ।

‘हजारौं दर्शक एकसाथ जम्मा हुने स्थानमा सक्दो सुरक्षाको प्रत्याभूति दिइने छ,’ श्रेष्ठ भन्छन्, ‘त्यसको तयारी दर्शकदीर्घाको बन्दोबस्तबाटै थालनी गर्नेछौं ।’

कार्यक्रमस्थलमा प्राथमिक उपचार र खानेपानी उपलब्ध गराउने व्यवस्था पनि आयोजकले गर्नेभएको छ । त्यसैगरि भैपरिआउने परिस्थितीका निम्ति पनि एम्बुलेन्स लगायतको व्यवस्था प्रदर्शनीकेन्द्रको मैदानमा गरिनेभएको छ ।

‘नेपथ्य’ले गत महिना मात्रै ‘शान्तिको लागि शिक्षा’ अभियान आयोजना गरेको थियो । राजधानीमा आएर सम्पन्न भएको त्यो अभियानमा संभवत पहिलोपटक ‘नेपथ्य’ले सबैभन्दा ठूलो दर्शक श्रोताकोउपस्थिती पाउन सफल भयो । त्यसको लगत्तै उक्त ब्याण्डको उद्गमस्थल पोखरामा यो आयोजना हुनलागेको हो । पोखरामा ‘नेपथ्य’ले पहिलोपटक खुला आकाश मुनि कन्सर्ट गर्नलागेको जानकारी यसअगावै सार्वजनिक भइसकेको छ ।

आयोजक ‘नेपालय’का अनुसार यो खुला कन्सर्ट ‘शान्तिको लागि शिक्षा’कै निरन्तरताका रुपमा प्रस्तुत हुनेछ ।

‘कन्सर्टभन्दा तीन दिनअगाडिदेखि टिकट विक्री थालिने छ,’ श्रेष्ठ भन्छन्, ‘नयाँ बजारस्थित प्रदर्शनी केन्द्रको गेटमा बुधबार विहान १० बजे टिकट विक्री काउण्टर खुल्नेछ ।’

सन् २००० देखि २०१४सम्मै ‘शान्तिको लागि शिक्षा’ र ‘सुन्दर शान्त नेपाल’ गरेर दुईवटा अभियानमा ‘नेपथ्य’ले आफुलाई पटक पटक मुलुकभर प्रस्तुत गर्दै आएको छ । पोखराको प्रस्तुती पनित्यसैको निरन्तरता हो ।

 

थप जानकारीका लागि

अर्पण शर्मा

नेपालय

फोन– ९८५१०२६२६६

arpan@nepalaya.com.np

www.nepathya.com.np

Share:

Written by