नेपथ्यले जगाएको उन्मादमा बुटवल
बुटवल, फागुन १५
यहाँस्थित कालिका माध्यमिक विद्यालयको विशाल प्राङ्गणमा भरिभराउ दर्शकहरुका बीच मुलुककै अग्रणी लोकरक ब्याण्ड नेपथ्यले भब्य कन्सर्ट सम्पन्न गरेको छ । घडीको सुइले ठीक छ बजेर तीस मिनेट देखाउँदा सुरुभएको कार्यक्रम दुई घन्टासम्म निरन्तर चलेको थियो ।
‘आज फेरि यो स्कुलको मैदानमा कार्यक्रम गर्न पाउँदा गौरव अनुभूति भइरहेको छ,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङले सन् २००३ को तुलना गर्दै भने, ‘र, त्यो क्षणको पनि सम्झना भइरहेको छ जतिबेला यस्ता कार्यक्रम गर्नु असम्भव तत्कालीन कालो छायाँकै बीच यही मैदानमा उभिएर गाएका थियौं ।’
आज निर्धक्क कार्यक्रम गर्न पाउनुले समाजमा शान्ति र सद्भावको पुनस्र्थापना संकेत गरेको बताउँदै गुरुङले राजनीतिक दलहरुलाई यो परिवेश फेरि नबिथोलियोस् भनेर आग्रह गरेका थिए ।
बुटवलमा नेपथ्यले यसअघि पनि आफूलाई पटक पटक प्रस्तुत गर्दैआएको छ । त्यसमा पनि विशेष गरेर द्वन्द्व र संक्रमण कालमा बारंबार नेपथ्य यहाँ गुञ्जियो । त्यो समयमा सुरक्षाकै कारण दिउँसो मात्र कन्सर्ट गर्न पाइन्थ्यो ।
यसपाला भने लामो अन्तरालपछि साँझको परिवेशलाई झिलिमिलि पारेर बुटवलवासीको साँगीतिक तृष्णा मेट्न नेपथ्य सफल भएको थियो ।
कार्यक्रमको सुरुवात भर्खरै सार्वजनिक भएको गीत ‘कुरुप अनुहार हो’बाट भएको थियो । त्यसपछि न्यानो महिनाको अनुभूति गर्न थालिसकेको बुटवलमा प्राविधिक हिसाबले हिमपात गराउँदै गाइएको ‘भेँडाको ऊनजस्तो’बाट निरन्तरता दिइएको थियो ।
‘छेक्यो छेक्यो’ र ‘आँगनै भरि’ जस्ता नेपथ्यका सदाबहार गीतहरु प्रस्तुत गरेपछि ब्याण्ड फेरि फर्केर भर्खरै सार्वजनिक भएको अर्को नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाउन तम्सियो । धौलागिरी अथवा यस गीतले भन्ने धौलासिरि आसपासका वासिन्दाहरु ओहोर दोहोर गर्ने गौंडा बुटवलले यो नयाँ गीतलाई जोडदार स्वागत गरेको थियो ।
‘मलाई कसैले के गर्छौ भनेर सोधेमा आफू यात्री हूँ र गाउने पनि काम गर्छु भनेर जवाफ दिन मनलाग्छ । मैले नेपाल र संसारकै पनि फराकिलो यात्रा गर्ने अवसर पाएँ । यो सबै अनुभवबाट मैले बुझेको कुरा भनेकै हामी प्रकृतिको वरदान पाएको मुलुकका वासिन्दा हौं । आउनुस् यसको आनन्द लिउँ र आउने पुस्ताका निम्ति पनि यो वरदानलाई जोगाएर राखौं,’ अमृतले मञ्चबाट मनको कुरा खोले, ‘आज जहाँ कार्यक्रम भइरहेको छ, यो सहर कुनै समय हामीले नुनको ब्यापार गर्ने बाटो थियो । पहाडबाट नुन बोकेर आएका भरियाहरुले यस सहरमा भारी बेचेपछि माथि डाँडामा रहेका उनको परिवार र आफन्तका लागि किनमेल गरेर फर्कन्थे ।’
तिनै भरिया, नुनको बाटो र यो पुरानो बजारमा समर्पित हुँदै अमृतले नेपथ्य गीत गुन्गुनाए–
‘यानीमाया बटौलीको बजारैमा यानीमाया
यानीमाया चुरौटाको दोकान यानीमाया
यानीमाया कति किन्नु चुरा र धागो यानीमाया’
‘चुरा र धागो किन्ने त्यतिबेलाको सानो बटौली बजार आजको यस्तो विस्तारित बुटवल बन्न पुगेको छ,’ अमृतले थपे, ‘यो सहर झनै फले–फूलेको हेर्न पाउँ ।’
त्यसपछि कार्यक्रमले फेरि ‘चरि म¥यो’, ‘जोमसोमे बजार’ देखि अर्को नयाँ ‘कोशीको पानी यो जिन्दगानी’ र ‘हामी नेपाली’ जस्ता गीतहरुको श्रृंखलामा प्रवेश गरेको थियो ।
‘संक्रमणको यो समयमा हामी बीचको एकता विथोल्न धेरैले अनेक प्रयास गर्लान् । तर, हामी सहिष्णु र संगठित भएर बस्नु पर्छ,’ अमृत फेरि बोले, ‘लामो समयपछि हामीले फेरि जनताको प्रतिनिधि चुन्ने मौका पाएका छौं । हामी सबै मिलेर देशको विकाशमा एक भएर लागौं ।’
त्यसपछि उनले राल्फाकालमा श्याम तमोटले लेखेको र नेपथ्यले लामो समयदेखि गाउँदै आएको गीत सुनाएर दर्शक उफारे–
‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ
यो देश को मुहार, फेर्नलाइ उठ’
रातको अँध्यारो जसै बढिरहेको थियो, मञ्चको चमक उत्तिकै तीब्र हुनथालेको थियो । त्यसमा राजधानीदेखि पुगेका प्राविधिकहरुले तयार पारेको मञ्च र प्रकाश व्यवस्थाको मात्र नभइ नेपथ्यले उचालेको दर्शकको उत्तेजना र उन्मादले उत्तिकै पाइन थपेको देखिन्थ्यो ।
दर्शकको माझमा नेपथ्य उभिएको बेला उनीहरुको सर्वाधिक प्रिय ‘रेशम’ र ‘तालको पानी’ छुट्ने कुरै भएन । एक त त्यसै पनि ब्याण्डले जेसुकै गीत प्रस्तुत गर्दा वा अमृतले जे बोल्दा पनि दर्शकले ठूलो हौसलाका साथ स्वागत गरिरहेका थिए । यस्तोमा पछिल्ला गीतहरुले मैदानको तापक्रम झनै उच्च विन्दुमा पु¥याएको थियो ।
भविष्यको महानगर भएकै कारण पनि बुटवलले सबै जातजाति, भाषा र धर्मका मानिसहरुलाई उत्तिकै सम्मान प्रकट गर्न छाड्नु नहुने र रातो अनि चन्द्रसूर्यलाई सदैव शिरमा राखेर एकताको सन्देश सारा मुलुकलाई दिनुपर्ने धारणा राखेपछि अमृतले ‘रातो र चन्द्रसूर्य’ सुनाउन सुरुगरे । दर्शकदीर्घाबाट अपार साथ पाएर यो अन्तिम गीतका शब्दहरु प्रत्येक श्रोताको ओँठबाट निस्किरहेको देखिन्थ्यो ।
बुटवलस्थित ‘यस नेपाल’ र नेपथ्यलाई व्यवस्थापन गर्ने ‘नेपालय’को संयुक्त प्रयासमा आयोजित यस शोलाई ‘एकताको लागि संगीत’ नाम दिइएको थियो । ‘यस नेपाल’का सन्तोष टण्डनले दिएको जानकारी अनुसार यो कार्यक्रमबाट भएको मुनाफाको रकम ‘अभियान नेपाल चिल्ड्रेन्स होम’लाई प्रदान गरिनेभएको छ ।
कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए ।
—————————————
थप जानकारीका लागि
अर्पण शर्मा
नेपालय
arpan@nepalaya.com.np
Contact: +977 9851026266
For regular update on Nepathya:
Facebook: facebook.com/nepathyaofficial
Twitter: @nepathya_band
You tube: Nepathya Official
Butwal, 26th Feb
Nepal’s premium folk rock band – Nepathya, performed to a packed audience at the Kalika School ground in Butwal. The show that started at sharp 6:30 in the evening lasted for two hours.
“I am glad to be in Butwal performing at the premises of this school and that too during this hour of the day.” Said Nepathya front man Amrit Gurung. “We had performed at this ground in 2003 during the day, as it was unthinkable to do a show after dark during those times.” He recalled. “being able to perform a show at this hour is a sign of peace being reinstated. I appeal to all people and parties not to take back this luxury from us.” He appealed.
Nepathya had performed during multiple occasions in Butwal in the past. Most of it was during conflict and transition times, when shows were only ‘possible’ to be organized under daylight due to security concerns.
The show started with their new song ‘Kuroop Anuhar’ and proceeded to another Nepathya classic ‘Bhedako Oon’ treated with the special effect of snowfall for the concert goers. After singing their classic hits ‘Chekyo Cheko’ and ‘Aganai bhari’, the band performed their latest release, Sirfula. The acceptance to this song amidst the audience indicated, this song to be another hit in the making.
“If someone asks, what do I do, I prefer to answer, I am a traveler and I also sing. I have had an opportunity to travel around Nepal and also around the world. Hence from my experience, what I can say for sure is we live in this land blessed by nature. Let us enjoy this and let us keep it intact for our future generation” Shared Amrit. “The place where you are living today (Butwal) was a transit point of our salt trade route. Traders from the mountains travelled to the plains to sell salt and would buy essentials for their loved ones.”
Yanimaya Batauliko Bazaarai ma Yanimaaya
Yanimaya churetako dokana Yanimaya
Yanimaya kati kinnu chura ra dhago Yanimaya
“The market from those days of churaa and dhago have now elaborated to this level and I wish Butwal for all the success it is heading for. Said Amrit.
As the show proceeded with their all time hits like Chari Maryo, Jomsome Bazaar to their new songs, Koshi ko pani and Hami Nepali, Amrit further appealed, “During this time of transition, there will be many elements trying to break our harmony and divide us. We need to stay intact and maintain our resilience and unity” he said. “After so many years, we will soon have an opportunity to elect our local bodies, let us unite for the sake of our development” he appealed. He also indicated, we still need to rise and contribute for our nation but in a unified, peaceful and democratic way. He then went on to sing Shyam Tamot’s Ralfa song Gaun Gaun bata utha, a song Nepathya has been performing on stage for many years now.
As it grew darker, the stage looked brighter not only with the lights choreographed to add to the visual treat for the Butwal audience, but with the synergy the band built with the audience.
Resham, Taalko Pani were obvious numbers to be included in the set list. The crowd went frenzy with any song the band performed and anything Amrit said. As the show came to an end, Amrit said, “For a city to grow, it needs to accept people of all cast, creed and religion. Butwal has shown the traits, may you all remain united and prosper. Whatever you do, keep our national integrity intact and keep our national pride, our flag above everything else.”
He then concluded the show with Rato ra Chandra Surya , with the entire crowd joining him in applause.
The show produced by nepathya’s management company, nepa~laya, with the theme ‘Music for Unity’ was organized by Butwal based Yes Nepal. As per Santosh Tandon of the organizing team, Abhiyan Nepal Child Home will benefit from the show.
Amrit was accompanied by Dhurba Lama on drums, Suraj Thapa on keyboards, Subin Shakya on bass, Neeraj Gurung on Guitars and Shanti Rayamajhi on madal.
—————————————
For more info
Arpan Sharma
nepalaya
arpan@nepalaya.com.np
Contact: +977 9851026266
For regular update on Nepathya:
Facebook: facebook.com/nepathyaofficial
Twitter: @nepathya_band